एलन मस्क (Elon Musk )

Share this post on

को हुन एलन मस्क?

एलन मस्क दक्षिण अफ्रीकामा जन्मेका अमेरिकी उद्यमी र व्यवसायी हुन् । जब उनि १२ वर्षको थिए उनले आफ्नो पहिलो सफ्टवेयर (खेल) बनाए । उनले १९९९ मा X.com (पेपैल), २००२ मा स्पेसएक्स र २००३ मा टेस्ला मोटर्स स्थापना गरे। उनि २० औं दशकमा आफ्नो स्टार्ट-अप कम्पनी जिप २ बचेर मल्टीमिलिनयर भए। मे २००२ मा जब स्पेसएक्सले एक रकेट प्रक्षेपण गर्‍यो तब मुख्य समाचार बने, भविष्यमा जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पहिलो व्यावसायिक वाहन पठाउँनेछ।

बाल्यकाल

मस्कको जन्म जून २८, १९७१ दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो। मस्कले बच्चामा नै कम्प्युटरमा चासो देखाएको थिए। उनले कसरी प्रोग्राम गर्ने सिके र जब उनि १२ वर्षको थिए उनले आफ्नो पहिलो सफ्टवेयर (खेल) बनाएर ५०० डलरमा  बेचे जुन उनले ब्लास्टार नाम राखेका थिए ।

शिक्षा

१९८९, १७ वर्षको उमेरमा मस्क क्वीन विश्वविद्यालयमा पढ्न र दक्षिण अफ्रिकी सेनामा अनिवार्य सेवाबाट बच्न क्यानाडा बसाई सरे। त्यस वर्ष मस्कले क्यानाडाको नागरिकता प्राप्त गरे।
१९९२ मा मस्क क्यानाडा छाडेर पेन्सिल्भेनिया विश्वविद्यालयमा व्यवसाय र भौतिक विज्ञान पढ्न थाले र उनी अर्थशास्त्र मा स्नातक डिग्री लिय र भौतिकी मा दोस्रो स्नातक डिग्री को लागी त्यही बसे।
 त्यसपछि  मस्क क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीमा उर्जा भौतिक विज्ञान मा पीएचडी गर्नलागे। यद्यपि उनको चाल इन्टरनेट बूमसँग ठ्याक्कै मिल्दोजुल्दो थियो र उनी यसको हिस्सा बन्न दुई दिन पछि स्टेनफोर्डबाट बाहिरिए। १९९५ मा उनको पहिलो कम्पनी जिप २ कर्पोरेशन शुरू गरे। मस्क २००२ मा अमेरिकी नागरिक बनेका थिए।


मस्कका कम्पनीहरू

जिप २ (Zip2)

मस्कले आफ्नो पहिलो कम्पनी १९९५ मा आफ्नो भाइ किम्बल  मस्कको साथ जिप २ कर्पोरेशन स्थापना गरे। जिप २ द न्यू योर्क टाइम्स र शिकागो ट्रिब्यून दुबै नयाँ वेबसाइटहरूको लागि सामग्री प्रदान गर्दै थियो। १९९९ मा कम्पाक कम्प्युटर कर्पोरेशनको डिभिजनले जिप २ लाई ३०७ मिलियनमा डलर नगद र ३४ मिलियन डलर शेयरमा खरिद गर्यो।

पेपल (PayPal)

१९९९ मा एलन र किम्बल मस्कले जिप २ को बिक्रीबाट आयको पैसा X.com बनाउनमा प्रयोग गरे, यो एक अनलाइन वित्तीय सेवाहरू र भुक्तानी गर्ने कर्म्पनी थियो । X.com पछि पेपल भयो। अक्टोबर २००२ मा पेपल १ अर्ब डलर को शेयर eBay ले किनेको थियो त्यसपछि मस्कले पहिलो अर्ब कमाए। पेपल बिक्री अघि मस्कको पेपैलमा ११ प्रतिशत शेयर स्वामित्व थियो।

स्पेसएक्स (SpaceX)

मस्कले आफ्नो तेस्रो कम्पनी अन्तरिक्ष अन्वेषण टेक्नोलोजी कर्पोरेशन वा स्पेसएक्सको स्थापना २००२ मा वाणिज्यिक अन्तरिक्ष यात्राको लागि अन्तरिक्ष यान निर्माण गर्ने उद्देश्यले गरेका थिए। २००८  सम्ममा स्पेसएक्स राम्रोसँग स्थापित भइसकेको थियो र नासाले कम्पनीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि कार्गो यातायात ह्यान्डल गर्ने सम्झौता प्रदान गर्‍यो । भविष्यमा अन्तरिक्ष यात्री यातायातका लागि यसले आफ्नै अन्तरिक्ष शटल मिशनहरू प्रतिस्थापन गर्ने छ। स्पेसएक्सको अर्को लछ्य मार्समा मानव बस्ती बसाउने छ।

टेस्ला मोटर्स (Tesla Motors)

मस्क टेस्ला मोटर्समा २००३ मा गठन गरिएको कम्पनीको सह-संस्थापक, सीईओ र उत्पाद आर्किटेक्ट हुन। जुन किफायती, मास-मार्केट इलेक्ट्रिक कारका साथै ब्यटरी उत्पादन र सौर्यं छत उत्पादन गर्न समर्पित छ। मस्कले कम्पनीका उत्पादहरूको सबै उत्पाद विकास, ईन्जिनियरिङ र डिजाइनको निरीक्षण गर्दछन् ।

सोलार शहर (SolarCity)

अगस्ट २०१६ मा मस्क दिगो ऊर्जा र उत्पादनहरूको बृहत्तर उपभोक्ता आधारका लागि प्रवर्द्धन र उन्नतिका लागि निरन्तर प्रयास गर्दै २.६ बिलियन डलरको सम्झौता उनको इलेक्ट्रिक कार र सौर्य ऊर्जा कम्पनीहरूको संयोजन गर्न सम्झौता गरिएको थियो।

बोरिंग कम्पनी (Boring Company)

जनवरी २०१७ मा मस्कले बोरिंग कम्पनी सुरू गरे (कम्पनी बोरिंग) सुरुङ सडक निर्माण गरेर ट्राफिक कम गर्न समर्पित छ । मे २०१९ मा अहिले टीबीसी भनेर चिनिने कम्पनीले लास भेगास कन्भेन्सन र भिजिटर्स अथॉरिटीबाट लस भेगास कन्भेन्सन सेन्टर वरपरका मानिसहरूलाई शट्लु गर्ने भूमिगत लूप प्रणाली निर्माण गर्न ४८.७ मिलियन डलरको सम्झौता गरिएको छ ।


मस्कका आविष्कारहरू र नवीनताहरू

हाइपरलूप (Hyperloop)

अगस्ट २०१३ मा मस्कले “हाइपरलुप” भन्ने  नयाँ रूपको अवधारणा जारी गरे, जुन आविष्कारले प्रमुख शहरहरू बीचको यात्रालाई सहज र छिटो यात्रा गर्न प्रोत्साहित गर्ने थियो। मौसम प्रतिरोधात्मक र नविकरणयोग्य ऊर्जा द्वारा संचालित हाइपरलुपमा ११०० किलोमिटर प्रति घण्टाको रफ्तारमा फलामको न्यून दबावको ट्युबको नेटवर्कमार्फत दुरी पार गर्नसक्ने उनको भनाइ छ । मस्कले भने कि हाइपरलूप निर्माण हुन र प्रयोगको लागि सात देखि १० वर्ष लाग्न सक्दछ र ६ अर्ब डलरको अनुमानित लागतको हुनेछ।  उनले यो विमान वा रेल भन्दा सुरक्षित हुने दाबि गरेका छन। अहिले विश्वका धेरै कम्पनी बनाउन लागिपरेका छन् ।

एआई र न्यूरालिंक (A.I. and Nuralink)

मस्कले कृत्रिम बुद्धिमत्तामा चासो लिएको छन र नाफारहित ओपन एआईआईको सह-अध्यक्ष बन्न। अनुसन्धान कम्पनीले २०१५ पछि मानवअधिकारको फाइदाको लागि डिजिटल इन्टिलिजेन्सको अग्रिम अभियानको साथ शुरू गरेको हो। २०१७  मा यो पनि रिपोर्ट गरिएको थियो कि मस्क न्यूरालिंक भन्ने उद्यमलाई समर्थन गरिरहेको छन्, जसले मानव मस्तिष्कमा प्रत्यारोपित हुनका लागि उपकरणहरू सिर्जना गर्न र मानिसहरूलाई सफ्टवेयरमा मर्ज गर्न मद्दत गर्ने उद्देश्य राखेको छन् । जुलाई २०१९ को छलफलको क्रममा उनले कम्पनीको प्रगतिमा विस्तार गरे र यो खुलासा गरे कि यसको उपकरणहरूमा माइक्रोस्कोपिक चिप हुन्छ जो ब्लुटुथ मार्फत स्मार्टफोनसँग जोड्दछ।

उच्च गति ट्रेन (High speed Train)

नोभेम्बर २०१७ को अन्तमा शिकागोका मेयर रहम इमानुएलले उच्च गतिको रेल लाइन निर्माण र सञ्चालन गर्न प्रस्ताव मागे जुन पछि ओहर एयरपोर्टबाट २० मिनेट वा कममा शिकागो शहरमा यात्रुहरू ओसारपसार हुनेछन।
उनले भने कि शिकागो लुपको अवधारणा उनको हाइपरलुप भन्दा फरक हुनेछ, यो तुलनात्मक रूपमा छोटो मार्ग हो जसमा हावाको घर्षण हटाउन भ्याकुमको आवश्यकता पर्दैन।

फ्लेमेथ्रावर (Flamethrower)

मस्कले बोरिंग कम्पनीको फ्लेमेथ्रोवर्सका लागि बजार पनि भेट्टाएको  थिय। २०१८ जनवरीको अन्तमा एकको ५०० डलरमा बेच्ने घोषणा गरे पछि, उनले एक दिन भित्र १०,००० मा बेचेको दाबी गरे।


मस्कका गैर नाफामुखी कार्य

अन्तरिक्ष अन्वेषणको असीम सम्भावना र मानव जातिको भविष्यको संरक्षण मस्कको स्थायी चासोको आधारशिला भएको छ र यसका लागि उनले मस्क फाउन्डेशन स्थापना गरे जुन अन्तरिक्ष अन्वेषण र नवीकरणीय र स्वच्छ उर्जा स्रोतहरूको खोजीमा समर्पित छ।

अक्टोबर २०१९ मा मस्कले #TeamTree अभियानमा १ मिलियन डलर दान गर्ने वाचा गरे, जुन २०२० सम्ममा विश्वभर २० करोड रूख रोप्ने लक्ष्य राखेको छ साथै यस अवसरको लागि उनले आफ्नो ट्वीटरको नाम परिवर्तन गरेर Treelon राखेको थिए। जो एक प्रख्यात यूटुबर MrBeast ले आफ्नो सब्स्क्राइबर २० मिलियन पुगेको खुसीयालीमा २० मिलियन रुख रोप्ने अभियान चलाएको थिए।

तपाईलाई यो पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला र केही सल्लाह सुझाव भए इमेल गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *