काजु खेती (Cashew Farming)

Share this post on

काजु

काजु, नदेखेको अनि नखायको सायद कोहि छैन होला । जहिले नभएपनि पुजा र चाडपर्वहरुमा सबैजसोले प्रयोग गर्दै आएको छौ । यसको उत्पति भएको स्थान दक्षिण अमेरिकाको व्राजिल मानिन्छ ।  यसको फल हेर्दा लाम्चो नास्पति जस्तो हुन्छ र पाक्दा पहेलो, रातो कलेजी रंगको हुन्छ र फलको स्वाद गुलियो हुन्छ ।  यस्को विरुवा ५-१५ मिटर सम्म अग्लो हुन्छ र पातहरु  हेर्दा चिउरीको पात जस्तो देखिन्छ । पहिले कफि भयपनी अहिले आएर संसारका धेरै देशहरुको वैदेशिक मुद्रा आर्जनको प्रमख कृषिवालिको रुपमा विश्व वजारको ठुलो हिस्सा ओगटेको फलफुल मानिन्छ । काजुको उत्पादन तथ्यांकलाई हेर्दा व्राजिल, भारत, भियतनाम, नाईजेरिया जस्ता देशमा उत्पादन भएको देखिन्छ । काजुको स्थानिय जातहरु ३ वर्ष पछि फल्न सुरु गर्छ भने विकास गरिएका प्रजातिका विरुवा भने पहिलो वर्षवाट नै फल्न सुरु गर्दछन्। काजुको उत्पादन बोटको जातको आधारमा १२-४२ केजी प्रतिबोट हुन्छ ।

किन गर्ने काजु खेती / फाइदाहरु

हाम्रो देश कृषिप्रधान देश भयपनी कृषिमा आर्थिक उन्नति गर्न सकेको छैन। त्यसको कारण एकै पटक धेरै उत्पादन अनि मुद्रा आर्जन कृषिवालि उत्पादन नभएको हो जस्तो लाग्छ।

  • काजु खेतिमा खासै कुनै रोग नलाग्ने, खेती गर्न सजिलो
  • काजु बिक्रि नभयर खेर खेर नजाने अनि अलि धेरै समय राख्दा नि कुहिएर खेर नजाने
  • आफ्नो जग्गा भए, थोरै लगानी मा धेरै आम्दानी गर्न सकिने
  • खेर गएको जग्गाको उपयोग
  • काजु खेती सँगसँगै अरु वेबसाय, जगिर गर्न सकिने

उपयुक्त हावापानी

यो गर्मि हावापानी (२५-५४ डिग्री सेल्सियस) र समुन्द्र आसपासको तटियक्षेत्र तथा सो सरहको हावापानी पाइने क्षेत्रमा यस्को उत्पादन गर्न सकिन्छ। काजुको फल लाग्ने समयमा तापक्रम ३६ डिग्री सेल्सियस भन्दा माथिको हुनु र फलको वृद्धि विकासको लागि २० डिग्री सेल्सियस भन्दा कम हुनु उपयुक्त मानिदैन यसले फल झर्ने समस्या आउन सक्दछ । समन्द्र सतहवाट ७०० मिटर उचाइ सम्मको वार्षिक वर्षा १०००-२००० मि. मि. हुने क्षेत्र उपयुुक्त हुन्छ । अत्यधिक वर्षा तथा लामो समय सम्म वादल लाग्नु काजुको लागि उपयुुक्त हुदैन र यस्तोमा फल उत्पादनमा असर पर्दछ।

उपयुक्त माटो

काजु उत्पादनमा माटोले खासै फरक पार्दैन, जस्तोसुकै माटोमा पनि उब्जाउन सकिन्छ । त्यसैले काजुको विरुवा अन्य वाली लगाउन नसकिने वा नसप्रिने खालको रुखो, बलौटे जमिनमा मा पनि गर्न सकिन्छ । यस्को लागि उपयुुक्त माटो भनेको थोरै अम्लिय भएको बलौटे दोमट माटो हो। माटोमा PH को मात्रा ८ भन्दा बढी हुनुहुदैन।

नेपालमा काजु खेतीमा अबसर

नेपालमा काजुखेती तराइको उष्ण प्रदेशिय क्षेत्र खासगरी पुर्व देखि पश्चिम तराइको मैदानी भागमा गर्न सकिने संभावना देखिन्छ । यसको उत्पति  व्राजिलमा भयपनी अहिले हाम्रो छिमेकि देश भारतमा सवै भन्दा धेरै क्षेत्रफलमा काजु खेति गरिन्छ । भारतमा काजुको खेति खासगरी आशाम, मेजोरम, त्रिपुरा, मेघालय, केरेला, कर्नाटका, गोवा, महाराष्ट, तामिलनाडु, आन्द्रप्रदेश, ओरिशा, पश्चिमवंगाल, छत्तिसगढ तथा नागालैण्ड क्षेत्रमा धेरै गरेको पाइन्छ । भारतले प्रति वर्ष २०० करोड भन्दा बढीको काजु निर्यात गर्ने गर्दछ । हाम्रो देश नेपालको हावापानी भारतको आसाम, छत्तिसगढ, मेघालय आदि क्षेत्रसंग मिल्दोजुल्दो  हावापानी छ । त्यसैले तराइ क्षेत्रको पुर्व देखि पश्चिम सम्म काजुखेति गर्न सकिने संभावना देखिन्छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला र केही सल्लाह सुझाव भए इमेल गर्न सक्नुहुनेछ ।

1 thought on “काजु खेती (Cashew Farming)”

  1. Pingback: are wiki backlinks

Leave a Comment

Your email address will not be published. Required fields are marked *